Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेद्धारा स्थ्यमन्त्रीको राजीनामा माग, झुटो बोलेको आरोप

एमालेद्धारा स्थ्यमन्त्रीको राजीनामा माग, झुटो बोलेको आरोप

  • मंगलवार, फाल्गुण ३ २०७८

  • 569
    SHARES

  • एमालेद्धारा स्थ्यमन्त्रीको राजीनामा माग, झुटो बोलेको आरोप

    काठमाडौं । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै एमालेले आपत्ति जनाएको जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’

    मन्त्री खतिवडाले हालै एउटा अन्तवार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ बताउका थिए । ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झुटो र अफवाहपूर्ण भएको एमालेले बताएको छ ।


    मंगलवार, फाल्गुण ३ २०७८०४:१२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij