Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिगमा आज ११औं चरणका तीन खेल

‘ए’ डिभिजन लिगमा आज ११औं चरणका तीन खेल

  • बुधवार, फाल्गुण ४ २०७८

  • 427
    SHARES

  • ‘ए’ डिभिजन लिगमा आज ११औं चरणका तीन खेल

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । लिगको ११औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    मछिन्द्र आज सातदोबाटोलाई हराएर उपाधि उचाल्न चाहन्छ । मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ । शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

    यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल पौने ५ बजे सुरु हुनेछ । पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


    बुधवार, फाल्गुण ४ २०७८०६:३०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij