Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

  • बिहिवार, फाल्गुण ५ २०७८

  • 611
    SHARES

  • ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । मनाङ १० खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफलाई हराएर मनाङ दोस्रो स्थानमा यथावत रहन चाहन्छ ।

    लिगको उपाधि भने मछिन्द्रले जितिसकेको छ । त्यसैले मनाङ दोस्रो स्थानमा रहन कोशिश गर्नेछ । एपीएफ १० खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । एपीएफ पनि मनाङलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ भने संकटा १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । दुवैले एकअर्कालाई हराएर आ–आफ्नो अंक तालिका सुधार गर्ने योजनामा छन् ।


    बिहिवार, फाल्गुण ५ २०७८०६:३७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij