Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : नेपालले आज ओमानको सामना गर्दै

विश्वकप छनोट : नेपालले आज ओमानको सामना गर्दै

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 622
    SHARES

  • विश्वकप छनोट : नेपालले आज ओमानको सामना गर्दै

    काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्न लागेको हो ।

    नेपाल र ओमानबीचको खेल पौने १२ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल घरेलु टोलीलाई हराउँदै छनोटमा सुखद सुरुआत गर्न चाहन्छ । गत हप्ता चारदेशीय टी–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । जसको कारण पनि नेपाल उच्च मनोबलमा रहेको छ । तर, नेपाललाई घरेलु टोलीविरुद्ध जित निकाल्न सहज भने छैन ।

    ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ । नेपालले छनोटको दोस्रो खेलमा भोलि फिलिपिन्ससँग खेल्ने छ भने तेस्रो खेलमा नेपालले क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।


    शुक्रवार, फाल्गुण ६ २०७८०६:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij