Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप छनोट : नेपालले आज फिलिपिन्सको सामना गर्दै

टी–ट्वान्टी विश्वकप छनोट : नेपालले आज फिलिपिन्सको सामना गर्दै

  • शनिवार, फाल्गुण ७ २०७८

  • 560
    SHARES

  • टी–ट्वान्टी विश्वकप छनोट : नेपालले आज फिलिपिन्सको सामना गर्दै

    काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को दोस्रो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल पौने १२ बजे सुरु हुनेछ ।

    छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ । फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।


    शनिवार, फाल्गुण ७ २०७८०६:२३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij