Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी, पारस र आरिफको रेकर्ड तोडियो

टी–२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी, पारस र आरिफको रेकर्ड तोडियो

  • शनिवार, फाल्गुण ७ २०७८

  • 860
    SHARES

  • टी–२० अन्तर्राष्ट्रियमा कुशल र दीपेन्द्रको कीर्तिमानी साझेदारी, पारस र आरिफको रेकर्ड तोडियो

    काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन् ।

    आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध अहिले भइरहेको खेलमा कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको साझेदारी गर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको १४५ रनको कीर्तिमान तोडेका हुन् ।

    पारस र आरिफले २०१९ मा सिंगापुर विरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए ।

    फिलिपिन्सविरुद्ध नेपालले ३६ रनमा सुरुको दुई विकेट गुमाएको थियो । त्यसपछि कुशल भुर्तेल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै कीर्तिमानी साझेदारी गरेका हुन् ।


    शनिवार, फाल्गुण ७ २०७८०२:२७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij