Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ग्लोवल विश्वकप छनोटमा फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

ग्लोवल विश्वकप छनोटमा फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

  • शनिवार, फाल्गुण ७ २०७८

  • 498
    SHARES

  • ग्लोवल विश्वकप छनोटमा  फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक

    काठमाडौँ – फिलिपिन्सलाइ १ सय ३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।

    ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।

    दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए ।

    फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

    त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा कुशल र दीपेन्द्रले साझेदारी १७१ रनको साझेदारीगर्दै यसअघि पारस खड्का र आरिफ शेखको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।


    शनिवार, फाल्गुण ७ २०७८०३:१०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij