काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा रहेको छ । आज हिमालयन शेर्पालाई हराएर जावलाखेल अंक तालिका सुधार्न चाहन्छ । हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा रहेको छ । हिमालयन पनि जावलाखेललाई हराएर अंक तालिका सुधार्ने योजनामा रहेको छ ।
यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल पौने ५ बजे सुरु हुनेछ । मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एनआरटीलाई हराएर मनाङ शीर्ष दुईको स्थान यथावत राख्न चाहन्छ । एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । एनआरटी आज मनाङलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।