Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुधारियो सेयर बजार, नेप्से परिसूचक २५ अंकले बढ्यो

सुधारियो सेयर बजार, नेप्से परिसूचक २५ अंकले बढ्यो

  • सोमवार, फाल्गुण ९ २०७८

  • 632
    SHARES

  • सुधारियो सेयर बजार, नेप्से परिसूचक २५ अंकले बढ्यो

    काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.४ अंकले घटेको सेयर बजारमा सोमबार भने सुधार आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २५.४१ अंकले बढेर २ हजार ७ सय १८.५१ अंकमा पुगेको हो । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ ।

    सोमबार नेप्से परिसूचकमा सुधार आएपनि कारोबार रकम भने आइतबारको भन्दा पनि घटेको छ ।

    आइतबार चार अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ३ अर्ब पनि पुगेन । दिनभर भएका ४० हजार ८६९ कारोबारबाट २२४ कम्पनीका ४९ लाख ९२ हजार ८७९ कित्ता सेयर किनबेच भएका छन् ।

    जसबाट कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँमा रोकिएको छ ।


    सोमवार, फाल्गुण ९ २०७८०३:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij