काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानाडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरातमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रन जोड्यो ।
क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे ।
रयान पठानले १४ रनको योगदान गरे । नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए ।