Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पुरुष टी–ट्वान्टी विश्वकप छनोटः सेमिफाइनलमा आज नेपाल युएईसँग भिड्दै

पुरुष टी–ट्वान्टी विश्वकप छनोटः सेमिफाइनलमा आज नेपाल युएईसँग भिड्दै

  • मंगलवार, फाल्गुण १० २०७८

  • 642
    SHARES

  • पुरुष टी–ट्वान्टी विश्वकप छनोटः सेमिफाइनलमा आज नेपाल युएईसँग भिड्दै

    काठमाडौं– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा नेपाल आज (मंगलबार) युएईसँग भिड्दै छ।नेपाल र युएईबीचको खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

     

    टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण रहेको छ। किनकी आजको खेलले नेपालको विश्वकप यात्रा तय गर्नेछ। आज युएईलाई हराएमा नेपाल विश्वकपमा छनोट हुनेछ। 

    यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन्।

    सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको नेपाल त्यसयता छनोटमा असफल हुँदै आइरहेको छ। 
    नेपाल छनोटको समूह ‘बी’को  समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो। युएई भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।


    मंगलवार, फाल्गुण १० २०७८०६:५३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij