Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ए डिभिजन लिगमा अन्तिम चरणका खेल आजबाट

ए डिभिजन लिगमा अन्तिम चरणका खेल आजबाट

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 649
    SHARES

  • ए डिभिजन लिगमा अन्तिम चरणका खेल आजबाट

    काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं अर्थात् अन्तिम चरणको खेलहरु आजबाट सुरु हुँदैछ । आज १३ औं चरणका दुई खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा छन् ।

    यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । च्यासल यस अघि नै रेलिगेसनमा परिसकेको छ ।

    सातदोबाटो १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लने योजनामा छ ।


    बिहिवार, फाल्गुण १२ २०७८०६:४७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij