Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देउवा–ओली संसद भवनभित्रै छलफलमा

देउवा–ओली संसद भवनभित्रै छलफलमा

  • बिहिवार, फाल्गुण १२ २०७८

  • 1.0K
    SHARES

  • देउवा–ओली संसद भवनभित्रै छलफलमा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् ।

    छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् भने काँग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् ।

    काँग्रेस सांसद मीन विश्वकर्माले भने, ‘प्रधानमन्त्रीज्यू र प्रमुख प्रतिपक्षी दलका नेतालगायतबीच छलफल भइरहेको छ ।’ संसदमा एमसीसीको विषयमा छलफल भइरहेको सन्दर्भमा दुई नेताबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि छलफल भएको थियो ।


    बिहिवार, फाल्गुण १२ २०७८०२:३४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij