Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

  • शुक्रवार, फाल्गुण १३ २०७८

  • 749
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै

    काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज साँझ साढे ५ बजे स्वदेश फर्कने जनाएको छ । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । हिजो तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

    तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । छनोटको उपाधि युएईले जितेको छ ।


    शुक्रवार, फाल्गुण १३ २०७८०६:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij