Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

  • आइतवार, फाल्गुण १५ २०७८

  • 1.2K
    SHARES

  • ‘व्याख्यात्मक घोषणा’मा अमेरिका सकारात्मक

    काठमाडौं – ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी संसदबाट अनुमोदन गर्ने सत्तारुढ दलको निर्णयप्रति अमेरिकाले सकारात्मक संकेत दिएको छ ।

    यसअघि एमसीसी सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेका सत्तारुढ गठबन्धन ‘व्याख्यात्मक घोषणा’ सहित अनुमोदन गर्न तयार भएसँगै सत्तारुढ दलका नेताहरुले यसबारे अमेरिकी अधिकारीहरुसँग शनिबार साँझ टेलिफोन सम्पर्क गरेक थिए ।

    ‘एमसीसीमा व्याख्यात्मक घोषणा गर्ने दलहरूको निर्णयमा अमेरिकी अधिकारीहरुले समेत सकारात्मक संकेत दिएकाले हामी अघि बढेका हौ’, काँग्रेसका एक नेता भन्छन्, ‘नेपालका दलहरुले व्याख्यात्मक घोषणा गर्दा अमेरिकाले मान्छ र ? भनेर प्रश्न गरिरहेका बेला त्यसको समेत निरुपण भएको छ ।’


    आइतवार, फाल्गुण १५ २०७८१२:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij