Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस, एमालेको विरोध जारी

संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस, एमालेको विरोध जारी

  • आइतवार, फाल्गुण १५ २०७८

  • 784
    SHARES

  • संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस, एमालेको विरोध जारी

    काठमाडौं – प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् ।

    प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु १ प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।

    एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।


    आइतवार, फाल्गुण १५ २०७८०३:२३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij