Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 1.1K
    SHARES

  • एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हितको प्रत्याभूति हुनुपर्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रहितको पक्षमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

    एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न एमालेले मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको बताए ।

    उनले अघि भने, ‘एउटा सम्झौता संसदबाट पारित भइसकेपछि कार्यान्वयन नगर्ने भन्ने हुन्न । प्रक्रियागत त्रुटि गर्न हुँदैनथ्यो, सरकारले गर्‍यो । तर जसरी भएपनि पास भइसकेपछि कार्यान्वयनमा जानु विकल्प छैन ।’

    अब एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

    ओलीले गठबन्धन सरकार विघटन गरेर जनादेशअनुसार अघि बढ्नुपर्ने बताए । उनले अघि भने, यो सरकार बन्न नदिन खोजेको हो, ढाल्न खोज्नु के नयाँ भयो र ?’
    नेपाली कांग्रेससँग आफ्नो दलको कुराकानी भएको, तर पार्टीको अडान नछाडेको अध्यक्ष ओलीले बताए ।


    मंगलवार, फाल्गुण १७ २०७८०३:१७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij