Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘बी’ डिभिजन लिग आजबाट, पहिलो दिन तीन खेल हुँदै

‘बी’ डिभिजन लिग आजबाट, पहिलो दिन तीन खेल हुँदै

  • बुधवार, फाल्गुण १८ २०७८

  • 846
    SHARES

  • ‘बी’ डिभिजन लिग आजबाट, पहिलो दिन तीन खेल हुँदै

    काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलप्रतियोगिता आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेलमा विरगंज युनाईटेड र बोइज युनियनबीच खेल हुनेछ ।

    लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।


    बुधवार, फाल्गुण १८ २०७८०७:१९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij