Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

खप्तड गोल्डकप आजबाट, उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

खप्तड गोल्डकप आजबाट, उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

  • बिहिवार, फाल्गुण १९ २०७८

  • 843
    SHARES

  • खप्तड गोल्डकप आजबाट, उद्घाटन खेलमा मनाङ र दिल्ली भिड्दै

    काठमाडौँ । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । धनगढी रंगशालामा हुने उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्दै छन् । मनाङ र दिल्लीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

    मनाङ र दिल्ली आज जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

    आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजे वाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।

    प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।


    बिहिवार, फाल्गुण १९ २०७८०७:१९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij