Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान

  • शनिवार, फाल्गुण २१ २०७८

  • 908
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान

    काठमाडौं । यूएईमा हुने आईसीसी विश्व कप क्रिकेट लिग टु मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलङ्का प्रस्थान गरेको छ ।

    विश्व कप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलङ्कामा अभ्यास खेल खेल्नेछ । श्रीलङ्कामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलङ्काबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।

    त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एक दिवसीय श्रृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् ।

    नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम शार्की छन् । 


    शनिवार, फाल्गुण २१ २०७८१०:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij