Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

खप्तड गोल्डकपमा आज मछिन्द्र र बागमती युथ भिड्दै

खप्तड गोल्डकपमा आज मछिन्द्र र बागमती युथ भिड्दै

  • मंगलवार, फाल्गुण २४ २०७८

  • 462
    SHARES

  • खप्तड गोल्डकपमा आज मछिन्द्र र बागमती युथ भिड्दै

    काठमाडौँ । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । धनगढी रंगशालामा हुने क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब मछिन्द्र र बागमती युथ क्लब भिड्ने छन् । खेल ३ बजेपछि सुरु हुनेछ ।

    आज दुबै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा फ्रेन्ड्स क्लबको सामना गर्नेछ । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सिधै क्वाटरफाइनल खेल खेल्न लागेको हो । लिगपछि मछिन्द्रको यो पहिलो मोफसलको प्रतियोगिता हो ।

    बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।


    मंगलवार, फाल्गुण २४ २०७८०६:३४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij