Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देउवाले पत्रकार सम्मेलन मार्फत चुनाव केन्द्रित अभियान घोषणा गर्दै

देउवाले पत्रकार सम्मेलन मार्फत चुनाव केन्द्रित अभियान घोषणा गर्दै

  • बुधवार, फाल्गुण २५ २०७८

  • 779
    SHARES

  • देउवाले पत्रकार सम्मेलन मार्फत चुनाव केन्द्रित अभियान घोषणा गर्दै

    काठमाडौं – नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

    फागुन २९ देखि चैत २९ सम्म एक महिने ुघरघर जाऔं कांग्रेस जिताऔुं अभियान घोषणा गर्ने तयारी छ।

    आज (बुधवार) दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले स्थानीय तह केन्द्रित चुनावी अभियान घोषणा गर्ने कार्यक्रम छ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले घरदैलो अभियान सञ्चालन गर्न लागिएको तथा आवश्यक तयारी र रणनीतिबारे सभापति देउवाको उपस्थितिमा कार्यक्रमबारे जानकारी गराउन लागिएको बताए।

    कांग्रेसले घरदैलो अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ।

    फागुन २७ भित्र केन्द्रीय प्रतिनिधि जिल्लामा पुगिसक्नुपर्ने हुन्छ। केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला र स्थानीय तह खटाइएको हो।

    सभापति देउवाले केन्द्रीय प्रतिनिधिलाई जिल्ला जानुअघि मंगलबार निर्देशन दिँदै गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेलाई चित्त दुख्ने गरी अभिव्यक्ति नदिन भनेका थिए।

    उनले पार्टीका उम्मेदवारले जित्ने गरी चुनावी अभियान प्रभावकारी बनाउनसमेत निर्देशन दिएका थिए।


    बुधवार, फाल्गुण २५ २०७८०२:२९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij