Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

‘हिजो प्रतिगमन भन्ने प्रचण्ड–माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

‘हिजो प्रतिगमन भन्ने प्रचण्ड–माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

  • बुधवार, फाल्गुण २५ २०७८

  • 1.1K
    SHARES

  • ‘हिजो प्रतिगमन भन्ने प्रचण्ड–माधव आज संसद विघटन गरी चुनावमा जाने कुरा गर्न थाले’

    काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

    नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाए ।

    पोखरेलले प्रतिनिधिसभा विघटनको औचित्यसमेत पुष्टि हुँदै गएको बताए ।

    ‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’

    एमसीसी पास गर्न गरिएको व्याख्यात्मक घोषणाको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामु ‘लाज छोप्ने टालो’ मात्र हो ।’


    बुधवार, फाल्गुण २५ २०७८०३:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij