Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

  • बुधवार, फाल्गुण २५ २०७८

  • 546
    SHARES

  • कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् ।

    बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले भने, ‘ काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’

    निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । ओलीले मंगलबार आयोजित कार्यक्रममा पनि आयोगको उक्त निर्णयको आलोचना गरेका थिए ।

    एमाले अध्यक्ष ओलीले कांग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उनले भने ।

    नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीले टिप्पणी गरे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उनको दावी छ ।


    बुधवार, फाल्गुण २५ २०७८०४:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij