Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

खप्तड गोल्डकपमा आज उपाधिका लागि मनाङ र फ्रेन्ड्स क्लब भिड्दै

खप्तड गोल्डकपमा आज उपाधिका लागि मनाङ र फ्रेन्ड्स क्लब भिड्दै

  • शनिवार, फाल्गुण २८ २०७८

  • 663
    SHARES

  • खप्तड गोल्डकपमा आज उपाधिका लागि मनाङ र फ्रेन्ड्स क्लब भिड्दै

    काठमाडौं । खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

    धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।

    मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका लागि खेल्ने बताएका छन् ।

    यस्तै, मनाङका कप्तान अन्जन विष्टले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको र फाइनलका लागि पनि आफूहरु त्यही तयारीमा रहेको बताएका छन् ।

    मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्सले वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

    प्रतियोगिताको विजेताले २१ लाख नगद र उपविजेता टोलीले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।


    शनिवार, फाल्गुण २८ २०७८०६:५६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij