Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो

तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो

  • आइतवार, फाल्गुण २९ २०७८

  • 667
    SHARES

  • तेहेरो अंकले बढ्यो नेप्से परिसूचक, २०९ धितोपत्रको मूल्य उकालो

    काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक करिब ४ प्रतिशतले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६ सय ६७.९७ अंकमा पुगेको हो ।

    नेप्से परिसूचकसँगै सेन्सेटिभ परिसूचक समेत १६.३७ अंकले बढेको छ । नेप्से परिसूचक समग्र कारोबार मापन गर्छ भने सेन्सेटिभले ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्छ ।

    कारोबार रकममा समेत अघिल्लो साताको भन्दा सुधार देखिएको छ । अघिल्लो साता औसतमा ३ अर्ब देखिएको कारोबार रकम आइतबार करिब ५ अर्ब पुगेको छ ।

    दिनभर भएका ६४ हजार २२८ कारोबारबाट २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँ पुगेको छ ।

    कारोबार भएका २२८ धितोपत्रहरुमध्ये २०९ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रकोमात्रै मूल्य घटेको छ । बाँकी ८ धितोपत्रको कारोबार भए पनि मूल्य स्थिर देखिएको छ ।

    आइतबार तीन वटा कम्पनीको सेयर मूल्य अधिकतम् १० प्रतिशत नै बढेर बन्द भएको छ । जसमा पहिलो नम्बरमा एशियन लाइफको सेयर मूल्य ८०.५० रुपैयाँले बढेर ८८५.५० रुपैयाँमा पुगेको छ ।

    दोस्रोमा ज्योतिको ५६ रुपैयाँले बढेर ६२१.५० रुपैयाँमा र सानिमा लाइफ इन्स्यारेन्सको ५१ रुपैयाँले बढेर ५६६.५० रुपैयाँमा पुगेको छ । धेरै घट्ने धितोपत्रहरुमा भने मेगा म्युचुअल फण्ड, प्राइम कमर्सीयल बैंकको डिबेञ्चर, कुमारी इक्वीटी फण्ड लगायत देखिएका छन् ।


    आइतवार, फाल्गुण २९ २०७८०४:०६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij