Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यू–१८ महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

यू–१८ महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

  • बिहिवार, चैत्र ३ २०७८

  • 847
    SHARES

  • यू–१८ महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

    काठमाडौँ । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

    आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

    पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।


    बिहिवार, चैत्र ३ २०७८०६:३२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij