Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नोबेलका विद्यार्थी चार महिनापछि कक्षामा फर्किए

नोबेलका विद्यार्थी चार महिनापछि कक्षामा फर्किए

  • बिहिवार, चैत्र ३ २०७८

  • 1.1K
    SHARES

  • नोबेलका विद्यार्थी चार महिनापछि कक्षामा फर्किए

    काठमाडौँ। चार महिनादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी पढाइमा फर्किएका छन् । कलेज प्रशासनसँग सहमति भएपछि बिहीबार उनीहरु आन्दोलन स्थगित गरेर कलेजमा फर्किएका हुन् ।

    उनीहरुको धेरै पढाइ छुटेकाले छुट्टै कक्षा सञ्चालन गर्ने सहमति भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले बताए ।

    नोबेल मेडिकल कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएका थिए । तर १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा थिए ।

    बुधबार काठमाडौंमा भएको छलफलपछि विद्यार्थीहरु कक्षा फर्कन सहमत भएको कलेज प्रशासनले बताएको छ । सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा. रामहरि घिमिरे र सल्लाहकार डा। केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।

    सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको पढाइ पूर्ति गर्न ७ चैतदेखि दुई महिनासम्म कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

    Agreement-Paper.jpg


    बिहिवार, चैत्र ३ २०७८०२:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij