Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घाइते भएका दुई जिल्ला न्यायाधीशलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

घाइते भएका दुई जिल्ला न्यायाधीशलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

  • आइतवार, चैत्र ६ २०७८

  • 1.5K
    SHARES

  • घाइते भएका दुई जिल्ला न्यायाधीशलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

    काठमाडौं - धनुषामा जीप र वींगर ठोक्किँदा दुई जना न्यायाधीश घाइते भएका छन्।

    गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा भएको दुर्घटनामा परी सिराहा जिल्ला अदालतका न्यायाधीशहरू पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती घाइते भएका हुन्।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको न्यायाधीश सवार बा २ च ३९३२ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १ ज ६५०७ नम्बरको वींगर ठोक्किएर चारनाथ पुलमा र्दुघटना भएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए।

    रायका अनुसार घाइते दुबै न्यायाधीशको जनकपुरस्थित काब्य अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    आइतवार, चैत्र ६ २०७८०६:४३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij