Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पीएनजीद्धारा नेपाललाई १७४ रनको लक्ष्य प्रस्तुत

पीएनजीद्धारा नेपाललाई १७४ रनको लक्ष्य प्रस्तुत

  • मंगलवार, चैत्र ८ २०७८

  • 713
    SHARES

  • पीएनजीद्धारा नेपाललाई १७४ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।

    दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो ।

    पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे ।

    लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे ।

    करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।


    मंगलवार, चैत्र ८ २०७८०२:५८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij