Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

  • मंगलवार, चैत्र ८ २०७८

  • 560
    SHARES

  • पपुवा न्यूगिनीमाथि नेपालको सानदार जित

    काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा पपुवा न्यूगिनी९पीएनजी०विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले पीएनजीलाई ७ विकेटले हराएको हो ।

    दुबईमा जितका लागि पाएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।


    नेपाललाई जिताउन कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरे ।

    शेख ५९ रनमा नट आउट रहे भने भुर्तेल ५० रनमा आउट भए । रोहित पौडेल पनि ४४ रनमा नट आउट भए ।

    दुबईमा टस हारेर व्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि असद भालाले सर्वाधिक ४५ रन बनाए ।

    नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र पवन शरार्फले १–१ विकेट हात पारे ।


    मंगलवार, चैत्र ८ २०७८०५:५५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij