Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

  • बुधवार, चैत्र ९ २०७८

  • 387
    SHARES

  • साफ यू–१८ महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दै

    काठमाडौं - अठार वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

    भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। यस अघि बंगलादेशसँग भएको पहिलो खेलमा नेपाल ४–२ गोल अन्तरले पराजित भएको थियो।

    पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपाल भारतसँगको दोस्रो खेलमा ५ –१ ले पराजित हुन पुग्यो। डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ।

    ३ खेलमा अंकविहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ भने आयोजक भारतले शतप्रतिशत जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा छ। च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ।


    बुधवार, चैत्र ९ २०७८०७:३३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij