Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली फुटबल टोलीले थाइल्याण्डसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

  • बिहिवार, चैत्र १० २०७८

  • 650
    SHARES

  • नेपाली फुटबल टोलीले थाइल्याण्डसँग आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ।

    नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।

    यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो।

    एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

    नेपाली टिमः
    गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की
    रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी
    मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ
    स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ 


    बिहिवार, चैत्र १० २०७८०९:४७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij