Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पीएनजीविरुद्ध नेपाल ६ रनले पराजित

पीएनजीविरुद्ध नेपाल ६ रनले पराजित

  • शुक्रवार, चैत्र ११ २०७८

  • 362
    SHARES

  • पीएनजीविरुद्ध नेपाल ६ रनले  पराजित

    काठमाडौं । एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

    नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले २८ जनवरी २०१९ मा यूएईविरुद्ध २५५ रनको लक्ष्य भेट्टाएको थियो ।

    नेपालका लागि रोहितकुमार पौडेले कीर्तिमानी पारी खेलेका थिए । उनले १०७ बलमा १२६ रन बनाए पनि नेपाल विजयी हुन सकेन ।

    यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो

    पीएनजीमा लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाए । यस्तै कप्तान असद भालाले ६०, नोर्मन भानुअले ४७, टोली उराले ३८ र रिले हेकुरेले ३१ रन बनाए ।

    बलिङतर्फ नेपालका कमल ऐरी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवान सराफले एक एक विकेट लिए ।

    घरेलु मैदानमा नेपालले पहिले द्विपक्षिय शृंखला खेल्दा घरेलु मैदानमा सन्दीपले कप्तानमा डेब्यु गरे । यस्तै देव खनालले पनि सिनियर टिममा डेब्यु गरे ।


    शुक्रवार, चैत्र ११ २०७८०५:१८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij