Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आईपीएल टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै

आईपीएल टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै

  • शनिवार, चैत्र १२ २०७८

  • 421
    SHARES

  • आईपीएल टी–ट्वान्टी क्रिकेट आजबाट सुरु हुँदै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शनिबारबाट सुरु हुँदैछ ।

    शनिबार हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ​वान्खडे स्टेडियममा हुने खेल नेपाली सयम अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

    साविकको विजेता चेन्नई आजको खेलमा पनि सुखद सुरुवात गर्ने योजना सहित रवीन्द्र जडेजाको कप्तानीमा मैदान उत्रदैछ । महेन्द्र सिंह धोनी यसै साता कप्तानको जिम्मेवारीबाट हटेपछि चेन्नई रविन्द्रको कप्तानीमा छ ।

    यता, पहिलो पटक श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रने कोलकाता पनि सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो प्रस्तुत गर्ने योजनामा छ ।

    यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।


    शनिवार, चैत्र १२ २०७८०९:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij