Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालविरुद्ध पीएनजीको क्लिन स्विप

नेपालविरुद्ध पीएनजीको क्लिन स्विप

  • शनिवार, चैत्र १२ २०७८

  • 565
    SHARES

  • नेपालविरुद्ध पीएनजीको क्लिन स्विप

    काठमाडौं । पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) ले नेपालविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान शनिबार दोस्रो एकदिवसीयमा नेपाललाई ३ विकेटले हराउँदै पीएनजीले सिरिज २–० ले जितेको हो ।

    शुक्रबार भएको पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको थियो ।

    नेपालले दिएको २ सय ७९ रनको लक्ष्य पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।

    नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । १ सय ४० बल ७ चौका प्रहार गरेका ऐरी नेपालको लागि एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने तेस्रो खेलाडी बने ।

    खराब सुरुवात गरेको नेपालले तेस्रो ओभरको सुरुवातमा ५ रन जोड्दा २ विकेट गुमाएको थियो । कुशल भुर्तेल खेलको पहिलो बलमा गोल्डेन डक हुँदा अनिल शाह तेस्रो ओभरको पहिलो बलमा आउटसाइड एज लाग्दा किपरको हातबाट क्याच भए ।

    तेस्रो नम्बरमा आएका देव खनाल र चौथो नम्बरमा दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई राम्रो स्तिथिमा पुर्याए ।

    देवले आफ्नो पहिलो अर्धशतक प्रहार गर्दै ७२ रनको इनिङ खेले । रोहित पौडेलले ३५ रनको योगदान गर्दा भिम शार्की २६ रनमा बोल्ड भए । अन्तिममा कप्तान सन्दीप लामिछाने आक्रामक २४ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    पीएनजीका अलेइ नाओले ३ विकेट लिए । नोरमान भानुअले २ तथा चाड सोपर र चार्ल्स अमिनीले समान १र१ विकेट हात पारे ।


    शनिवार, चैत्र १२ २०७८०५:१६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij