Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

माओवादी अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

  • आइतवार, चैत्र १३ २०७८

  • 574
    SHARES

  • माओवादी अध्यक्ष दाहाल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

    विदेशमन्त्री वाङलाई अध्यक्ष प्रचण्डसहितको टोलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् । भेटवार्तामा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत सहभागी थिए ।

    यसअघि विदेशमन्त्री यीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

    नेपालको तीनदिने भ्रमणमा रहेका विदेशमन्त्री वाङले आइतबार(आज) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । शीतल निवासमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् । उनी आजै दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।


    आइतवार, चैत्र १३ २०७८१२:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij