काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज आज एक खेल हुँदैछ । आईपीएल अन्तर्गत आज दुई नवप्रवेशी टोली गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ ।
गुजरात र लखनउबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै डेब्यु खेल यादगार बनाउन चाहन्छन् । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
बीसीसीआईले आईपीएलको टोली थप गर्दै १० बनाएपछि गुजरात र लखनउ अक्सनबाट छनोट भएका हुन् । गुजरातको कप्तानी हार्दिक पाण्डयले गर्ने छन् भने लखनउ केएल राहुलको कप्तानीमा मैदान उत्रने छ ।