Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने

विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने

  • मंगलवार, चैत्र १५ २०७८

  • 896
    SHARES

  • विप्लव नेकपाको कार्यनीति : एमसीसी विरोधी उम्मेदवारलाई भोट दिने

    काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

    केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पार्टीका महासचिव विप्लवले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै विगत ५ बर्षको अवधीमा संसदीय व्यवस्थाले देश र जनताका पक्षमा काम नगरेको र यो व्यवस्था पूर्ण रुपले असफल भएको निष्कर्ष निकालेको छ ।

    संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह गर्ने पार्टीको मूल मान्यतालाई कायम गर्दै अघि बढ्ने बारेमा छलफल भएको छ । साथै असफल भएको संसदीय व्यवस्थाका विरुद्ध प्रचारका कार्यक्रम गर्ने पनि सो दलले निर्णय गरेको छ ।

    आगामी स्थानीय तह निर्वाचनबारे बैठकमा छलफल भएपनि चुनावमा सहभागी हुने वा त्यसलाई उपयोग गरेर जाने भन्ने जस्ता कुराहरु पार्टीले खारेज गरेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।

    निर्वाचन आयोगमा पार्टी दर्ता नै नभएको अवस्थामा चुनावमा जाने कुरा नै सान्दर्भिक नहुने उनको भनाइ छ ।


    मंगलवार, चैत्र १५ २०७८०५:२१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij