Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

’बी’ डिभिजन लिग: चर्च ब्वाइजले आरसिटीलाई हरायो

’बी’ डिभिजन लिग: चर्च ब्वाइजले आरसिटीलाई हरायो

  • बुधवार, चैत्र १६ २०७८

  • 410
    SHARES

  • ’बी’ डिभिजन लिग: चर्च ब्वाइजले आरसिटीलाई हरायो

    काठमाडौँ । सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम आरसिटीलाई २–० गोल अन्तरले हराएको हो ।

    खेलको ५२ औं मिनेटमा कुबेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए ।

    यस्तै खेलको इन्जुरी समयमा चर्च ब्वाइजका आशिष पेनाल्टी गोल गर्न चुकेका थिए ।

    यस जितसँगै चर्च ब्वाइजले १० खेलमा २० अंक जोडेको छ । आरसिटी १० खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।


    बुधवार, चैत्र १६ २०७८०१:३३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij