Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपालको लगातार दोस्रो जित

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपालको लगातार दोस्रो जित

  • बुधवार, चैत्र १६ २०७८

  • 1.0K
    SHARES

  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज  : नेपालको लगातार दोस्रो जित

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

    मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

    जितसँगै नेपाल सिरिजको फाइनल नजिक पुगेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको थियो ।

    मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा पीएनजीलाई हराएको मलेसियाले २ खेलमा २ अंक जोडेको छ । पीएनजीले अंक जोड्न सकेको छैन ।


    बुधवार, चैत्र १६ २०७८०३:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij