Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : मलेसियाविरुद्ध नेपालको सान्दार जित

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : मलेसियाविरुद्ध नेपालको सान्दार जित

  • शनिवार, चैत्र १९ २०७८

  • 364
    SHARES

  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : मलेसियाविरुद्ध नेपालको सान्दार जित

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको छ । सिरिजको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

    त्रिवि क्रिकेट मैदानमा २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९ ओभरमा ५ बलमा १ सय ३८ रनमा अलआउट भयो । दिपेन्द्रको आक्रामक शतकीय इनिङ खेलेपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको तेस्रो ठुलो स्कोर बनाएको थियो ।

    दिपेन्द्रले अविजित रहँदै १ सय १० रनको इनिङ खेले । उनले ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टी अन्तराष्ट्रियमा पहिलो शतक पुरा गरेका दिपेन्द्रको यो स्कोर नेपाली खेलाडीको एक इनिङको व्यक्तिगत धेरै रन हो । यस्तै दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

    रोहित पौडेलले समेत टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक पूरा गरे । रोहितले ३४ बलमा ५ चौकाको मद्दतमा ५१ रन बनाए । ओपनर कुशल भुर्तेल २ चौकाको मद्दतमा १२ रनमा आउट हुँदा आसिफ शेखले ३ चौका प्रहार गर्दै १८ रन बनाएर पेभिलियन फर्किए । आदील अन्सारी ९ बलमा १ छक्का प्रहार गर्दै अन्तिम बलमा १४ रन जोडेर रन आउट भए ।

    सिरिजमा नेपालले ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्षस्थानबाट फाइनल पुगेको छ । मलेसिया पराजित भएसँगै सिरिजबाट बाहिरियो । फाइनलमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्ने छन् । पीएनजी र मलेसियाले समान खेलमा समान १ जित निकाले पनि नेटरनरेटको आधारमा पीएनजी फाइनल पुगेको हो ।


    शनिवार, चैत्र १९ २०७८०३:५९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij