Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

  • आइतवार, चैत्र २० २०७८

  • 862
    SHARES

  • पाकिस्तानका प्रधानमन्त्री इमरानद्वारा संसद विघटनको सिफारिस

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् ।

    इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए ।

    अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै राष्ट्रका नाममा संवोधन गर्दै इमरानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले सरकार हटाउने बनाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको बताए ।

    विपक्षीहरुले ल्याएको अविस्वास प्रस्तावको पक्षमा सत्ता गठबन्धनका दल नै लागेपछि प्रधानमन्त्री खानको सत्ता संकटमा परेको थियो ।उनी अल्पमतमा परेका थिए ।

    अल्पमतमा परे पनि राजीनामा नदिने बरु अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आएका उनले संसदमा अविश्वास प्रस्तावमा भोटिङ्ग हुन नै नदिएनन् । संसदले अविस्वास प्रस्ताव खारेज गर्‍यो भने लगत्तै इमरनाले संसद विघटन गरे ।

    उपसभामुख सुरीले संवैधानिक शक्तिको प्रयोग गर्दै अविस्वास प्रस्ताव खारेज गरेको इमरानले दाबी गरे ।


    आइतवार, चैत्र २० २०७८०२:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij