Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

  • आइतवार, चैत्र २० २०७८

  • 401
    SHARES

  • अस्ट्रेलियाले सातौं पटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

    काठमाडौं – अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।

    अस्ट्रेलियाले सातौं पटक उपाधि जितेको हो। उसले पछिल्लो पटक सन् २०१३ मा विश्वकपको उपाधि जितेको थियो।

    आइतबारको फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भयो।

    इंग्ल्यान्डका लागि नाट सेभरले नटआउट १४८ रन जोडे पनि आफ्नो टिमलाई च्याम्पियन बनाउन भने सकिनन्।

    बलिङमा अस्ट्रेलियाका एलना किङ र जेस जोनासेनले ३.३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

    अस्ट्रेलियाका लागि ओपनर एलिसा हेलीले १७० रन जोडिन्। उनले १३८ बलमा २६ चौका प्रहार गरेकी थिइन्।

    रिचेल हाइनेसले ६८ रन र बेथ मूनीले ६२ रन जोड्दा अस्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो। सन् २०१७ को विश्वकप फाइनलमा इंग्ल्यान्डले भारतलाई ९ विकेटले पराजित गरेर उपाधि जितेको थियो।


    आइतवार, चैत्र २० २०७८०४:४६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij