Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

  • सोमवार, चैत्र २१ २०७८

  • 611
    SHARES

  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

    नेपाल जारी सिरिजमा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज २–० ले क्लिन स्विप गरेको थियो ।

    यस्तै, पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो । पीएनजी नेपाललाई पन्छाउँदै टी–ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।


    सोमवार, चैत्र २१ २०७८०६:२६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij