Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

  • सोमवार, चैत्र २१ २०७८

  • 545
    SHARES

  • नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

    काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ ।

    दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रमक ब्याटिङमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै लेट केमियो खेल्दै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए ।

    आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५ रन जोडे । रोहित पौडेल २ रनमा आउट हुँदा आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

    आक्रमक सुरुवात गरेको नेपालले पावर प्लेमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो ।

    ओपनर कुशल भुर्तेल र तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहित कुमार पौडेल आउट भएका छन् । कुशलले २२ बल खेल्दै ५ चौका मदद्तमा २५ रन बनाए । रोहितले भने ३ बलमा २ रन बनाएर आउट भए ।

    पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए ।

    त्यसपछि आसिफ र दीपेन्द्रले नेपालको इनिङ्स सम्हालेका थिए । तर १२औं ओभरमा नेपालले लगातार तीन विकेट गुमाएपछि दबाबमा आएको थियो ।

    आसिफ २९ बल खेल्दै १ छक्काको मदद्तमा २९ रन बनाएर १२औं ओभरको पहिलो बलमा आउट भए ।

    उक्त ओभरको तेस्रो बलमा आरिफ शेख खाता नखोली आउट भए भने पाँचौ बलमा दीलिप नाथ पनि शुन्यमै आउट भए ।

    नेपालका तीनै खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे ।

    ३ ओभरमा २८ रन खर्चेका कमिमेअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै शानदार बलिङ गर्दै ३ विकेट लिए ।

    १६औं ओभरको अन्तिम बलमा आदिल अन्सारी १५ रन बनाएर आउट भए । उनले १३ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।
    त्यसपछि दीपेन्द्र र करण मिलेर सातौं विकेटका लागि अर्धशतकिय साझेदारी गरे । दीपेन्द्र र करणले अन्तिम चार ओभरमा ५४ रन जोडेका थिए ।

    बलिङमा पीएनजीका लागि सेमो कमिअले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । यस्तै चाड सपर, अकुअ मोरेअ र रिले हेकुरेल समान एक विकेट लिए ।


    सोमवार, चैत्र २१ २०७८०२:१७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij