Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसियन कप छनोट फुटसल : नेपालले आज अफगानिस्तानको सामना गर्दै

एसियन कप छनोट फुटसल : नेपालले आज अफगानिस्तानको सामना गर्दै

  • मंगलवार, चैत्र २९ २०७८

  • 540
    SHARES

  • एसियन कप छनोट फुटसल : नेपालले आज अफगानिस्तानको सामना गर्दै

    काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।

    नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।

    लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।

     


    मंगलवार, चैत्र २९ २०७८०६:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij