Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीका अर्जुन दासको हत्या आरोपमा प्रहरीलाई चुनौती दिने मनोज भण्डारीसहित ४ जना पक्राउ

कैलालीका अर्जुन दासको हत्या आरोपमा प्रहरीलाई चुनौती दिने मनोज भण्डारीसहित ४ जना पक्राउ

  • शुक्रवार, बैशाख २ २०७९

  • 1.0K
    SHARES

  • कैलालीका अर्जुन दासको हत्या आरोपमा प्रहरीलाई चुनौती दिने मनोज भण्डारीसहित ४ जना पक्राउ

    काठमाडौँ । कैलालीका २५ वर्षीय युवक अर्जुन दासको हत्यामा संलग्न रहेका भनिएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा समेतबाट खटिएको टोलीले ४ जना युवकलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।

    पक्राउ पर्नेमा कैलालीको जानकी गाउापालिका–९ का १९ वर्षीय मनोज भण्डारी, जानकी–९ कै १९ वर्षीय सुमित साउद, सोही ठाउँका बमे भनिने बमबहादुर बोहोरा र रोनी परियार भनिने दिलिप दास छन्।

    कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा सोही ठाउँका २५ वर्षीय अर्जुन दासको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा लागुऔषध प्रयोग गर्ने युवाहरुले दासको हत्या गरेको खुलेको थियो।

    हत्या गरेकै दिन घटनाका मुख्य अभियुक्त भनिएका मनोज भण्डारी सहितका युवाहरु भारत भागेका थिए। हत्यापछि मनोज भण्डारीले एक जनालाई फोन गरेर दासको हत्या आफूले नै गरेको हो भनेको अडियो नै सार्वजनिक भएको थियो। पछि भण्डारीले एक भिडियो नै सार्वजनिक गरेर 'हत्यारा हौं, पक्राउ गरेर देखा' भन्दै प्रहरीलाई चुनौती समेत दिएका थिए।

    प्रहरीका अनुसार उनीहरुले मोबाइल चोरी गरेको भन्दै अर्जुनलाई जंगलमा ल्याएर रुखमा बाँधेर कुटपिट गरेका थिए। रुखमा बाँधेकै अवस्थामा खुकुरीले घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    हत्यापछि उनीहरु भारतको मुम्बई पुगेको र त्यहाँबाट गोवामा गएर लुकेर बसेका थिए। उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको मुम्बई नै पुगेको थियो।

    पछि उनीहरुको खोजीका लागि अपराध मशाखाबाट 'गोप्य टोली' परिचालित भएको थियो। अपराध महाशाखाले भने उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेहलियास्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।


    शुक्रवार, बैशाख २ २०७९१२:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij