Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

इङ्ग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर र लिभरपुल खेल्दै

इङ्ग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर र लिभरपुल खेल्दै

  • मंगलवार, बैशाख ६ २०७९

  • 738
    SHARES

  • इङ्ग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर र लिभरपुल खेल्दै

    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा आज (सोमबार) राति म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दैछन् । दुई ठूला क्लबबीचको खेल राति पौने एक बजे एनफिल्डमा हुनेछ ।

    लिभरपुल अङ्कतालिकाको दोस्रो स्थानमा छ । उसले ३१ खेलमा ७३ अङ्क जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ७४ अङ्क छ । लिभरपुल सिटीभन्दा एक अङ्कको दूरीमा छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको ३२ खेलमा ५४ अङ्क छ ।

    लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले यो खेललाई विश्वकै दुई ठूला क्लबबीचको भिडन्तका रुपमा लिएको बताएका छन् । म्यानचेस्टर प्रशिक्षक राङनिकले लिभरपुलको सामना गर्दा सबैभन्दा ठूलो समस्या आफ्नो टोलीको डिफेन्समा रहेको प्रतिक्रिया दिएका छन् ।

    म्यानचेस्टरलाई च्याम्पियन्स लिग छनोटको सम्भावना जीवन्त राख्न लिभरपुलसँगको आजको खेलमा आफू अनुकूल नतिजा निकाल्न आवश्यक छ । लिभरपुल एफए कपको फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनल पुगिसकेको छ ।


    मंगलवार, बैशाख ६ २०७९१०:०७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij