Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

टी–२० सिरिजमा आज नेपाल र जिम्बावे ‘ए’ बीच दोस्रो खेल,

टी–२० सिरिजमा आज नेपाल र जिम्बावे ‘ए’ बीच दोस्रो खेल,

हारको बदला लिने तयारीमा नेपाल
  • सोमवार, बैशाख १९ २०७९

  • 695
    SHARES

  • टी–२० सिरिजमा आज नेपाल र जिम्बावे ‘ए’ बीच दोस्रो खेल,

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दैछ।  नेपाल र जिम्बावे ‘ए’ बीचको खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। 

    टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा आइतबार ६ विकेटले पराजित भएको नेपाल आज हारको बदला लिने तयारी सहित मैदानमा उत्रिँदा जिम्बावे लगातार जितको खोजीमा हुनेछ।

    आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलेको हो। 

    सिरिज अन्तर्गत नेपालले पाहुना टोली जिम्बावे ‘ए’सँग तेस्रो खेल बुधबार खेल्नेछ। टी–२० सिरिजपछि नेपाल र जिम्बावे ‘ए’ बीच तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ।  


    सोमवार, बैशाख १९ २०७९०७:४३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij